फार्मेसी परिषद्का नयाँ पदाधिकारीले नियुक्ती पत्र बुझे

3.8k
Shares

काठमाडौँ, १८ चैत । गत विहीबारको मन्त्रिपरिषद् बैठकबाट नेपाल फार्मेसी परिषद्को विभिन्न पदमा जिम्मेवारी प्राप्त गरेका नयाँ पदाधिकारीहरुले नियुक्ती पत्र बुझेका छन् ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगी उनीहरुले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीसंग पत्र बुझेका हुन् ।

नियुक्ति पत्र बुझेपनि पदवहाली भने गरिसकेका छैनन् । ‘पदवहाली सम्भवत भोलि (विहीबार) गर्छौैं होला,’ परिषद्का नव नियुक्त अध्यक्ष प्रज्वलजंग पाण्डेले भने ।

गत विहीबारको मन्त्रिपरिषद बैठकले परिषद्को अध्यक्षमा पाण्डे सहित सदस्यहरुमा अमृत थापा, निरज बर्तौला, निशान्तकुमार गुप्ता, महासागर ज्ञवालीलाइ नियुक्त गर्ने निर्णय गरेको थियो । उनीहरुको कार्यकाल ४ बर्षको हुनेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *