काठमाडौँमा घरबाट बाहिर निस्कँदा मास्क अनिवार्य

896
Shares

काठमाडौँ, ११ चैत । कोरोनाको जोखिम कम भएको भन्दै हिजो आज काठमाडौँमा समेत मास्क नलगाई बजार निस्कनेको संख्या बढदो छ । तर अब भने त्यसरी मास्क नलगाई बजार निस्कन पाइने छैन् । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले मास्क नलगाई घरबाट बाहिर निस्कनेलाई संक्रामक ऐन २०२० अनुसार कार्वाही गर्ने बताएको छ ।

छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर तिब्र गतिमा फैलिएपछि काठमाडौँमा पुन मास्क तथा स्वास्थ्यका मापदण्ड लागु गर्नुपर्ने बताइएको हो ।

जिल्ला प्रशासन कार्यालयको आजको सूचनामा भिडभाड हुने स्थानमा नजान, सामाजिक दुरी कायम गर्न, आउँदो होली पर्व घर भित्रै मनाउन समेत भनिएको छ ।

हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *