चौविस घण्टामा देशभर थपिए १८८ जना कोरोना संक्रमित, थप ७७ जना डिस्चार्ज

- नेपाली हेल्थ


काठमाडौँ, १० चैत । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ८८ जना कोरोना भाइरस (कोभिड-१९)संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ७७ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ७६, भक्तपुरमा ५ र ललितपुरमा १६ जना गरी उपत्यकामा ९७ जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ३२ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप १ सय ८८ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ९७ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार १ सय २८ रहेको छ । क्वारेनटिनमा ४८ जना रहेका छन् । गएको चौबिस घण्टामा मृतकको संख्या सून्य रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ ।


Facebook Comment


थप समाचार