स्वास्थ्य सेवा अन्तरगतका सात जना एघारौँ तहमा बढुवा सिफारिस

7.8k
Shares

काठमाडौँ, ५ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले स्वास्थ्य सेवा अन्तरगतका विभिन्न समूह, उपसमूहको अधिकृत एघारौँ तहमा सात जनालाई बढुवाको सिफारिस गर्ने निर्णय गरेको छ ।

बढुवामा पर्नेहरुमा गाईने अव्स तर्फका डा सुनिलमणि पोखरेल र डा राजेश अधिकारी, पहेए तर्फका प्रमुख जनस्वास्थ्य प्रशासकको रुपमा डा प्रकाशप्रसाद शाह, प्रमुख मेडिकल सुपरीटेन्डेन तर्फ डा रोशन न्यौपाने, डा पवनजंघ रायमाझी रहेका छन् ।

यस्तै हेल्थ इन्सपेक्सन समूह प्रमुख जनस्वास्थ्य प्रशासक तर्फ केशवराज पण्डित र विजयकुमार झा पनि एघारौँ तहमा बढुवाका लागि सिफारिस भएका छन् ।

समितिले जनरल नर्सिङ समूहबाट ४ जनालाई प्रमुख अस्पताल नर्सिङ प्रशासकको रुपमा बढुवा गर्ने भनिएपनि आवश्यक सेवा सर्त नपुगेका कारण सम्भाव्य उमेद्धार कायम हुन नसकेको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *