देशभर थपिए ११४ जना कोरोना संक्रमित, ९४ जना डिस्चार्ज

140
Shares

काठमाडौँ, ३ चैत । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय १४ जना कोरोना भाइरस (कोभिड-१९)संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ९४ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३४, भक्तपुरमा २ र ललितपुरमा ७ जना गरी उपत्यकामा ४३ जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा २ हजार ७ सय ९० जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप १ सय १४ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ४ सय ९५ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ९ सय १५ रहेको छ । क्वारेनटिनमा ५१ जना रहेका छन् । गएको चौबिस घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *