राष्ट्रपति भण्डारीले कोभिडबिरुद्धको खोप आज लगाउने
काठमाडौँ, २ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह कोभिड – १९ बिरुद्धको खोप लगाउने भएकी छन् ।
राष्ट्रपति भण्डारीले आज अपरान्ह ४ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर खोप लगाउने भएकी हुन् ।
आज दोस्रो प्राथमिकतामा परेकाहरुको पहिलो चरण खोप कार्यक्रम शुरु भएको दश दिन पुगेको छ ।
सरकारले गत २३ फागुन देखि दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप शुरु गरेको थियो । सो अन्तरगर्त ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिन थालिएको थियो ।
२३ फागुनमै प्रधानमन्त्री केपी शर्मा ओली, उनका परिवार र मन्त्रिपरिषद्का अन्य सदस्यहरुले खोप लगाएका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



