पूर्वखोलामा ६५ बर्ष माथिका ७७० जनाले कोभिडबिरुद्धको खोप लगाए

460
Shares

पाल्पा, २७ फागुन । कोरोनाबिरुद्धको खोप अभियानको दोस्रो चरण अन्तरगर्त पहिलो प्राथमिकतामा परेका ६५ बर्ष माथि उमेर समूहका जेष्ठ नागरिकलाई खोप लगाउने कार्य पूर्वखोला गाउँपालिकामा पुरा भएको छ ।

गत २४ फागुन देखि शुरु भएको यस अभियानमा विहीबारसम्म ७७० जना ६५ बर्ष माथि उमेर समूहकाले खोप लगाएका छन् । ‘गाँउपालिकाले आफ्नो ६ वटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरेको थियो ।

‘हामीसंग ६५ बर्ष माथिको लक्षित जनसंख्या १ हजार ११९ जना हुनुहुन्थ्यो त्यसमध्ये ७७० जनाले अर्थात ६८.८१ प्रतिशत खोप कभरेज गराउन सफल भयौँ,’ गाउँपालिकाका सूचना अधिकारी एवं सीअहेव मोहन ढकालले भने ।

अभियान सफल बनाउन गाँउपालिकाले विभिन्न वडाहरुमा विभिन्न दिनमा खोप कार्यक्रम सञ्चालन गरेको थियो ।

सरकारले गत २३ फागुन देखि दोस्रो प्राथमिकताको पहिलो चरणको खोप कार्यक्रम सञ्चालन गरेको छ । यो चरणमा ६५ बर्ष माथि उमेर समूहका व्यक्तिहरुलाई पहिलो डोज खोप दिइएको छ । यो अभियान करीब १० दिन चल्ने भनिएको छ । यो अभियानमा करीब १६ लाख नागरिकलाई खोपको पहिलो डोज दिने सरकारको योजना रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *