आज एकै दिन १ लाख ३७ हजार जेष्ठ नागरिकले कोभिडबिरुद्धको खोप लगाए

288
Shares

काठमाडौँ, २६ फागुन ।

बुधबार (आज) देशभर १ लाख ३७ हजार बढी जेष्ठ नागरिकले कोभिड  -१९ बिरुद्धको खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागका अनुसार बुधबार देशभर १ लाख ३७ हजार १६ जनाले कोभिड – १९ बिरुद्धको खोप लगाएका हुन् ।

विभागको परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका अनुसार यो संगै देशभर खोप लगाउनेको संख्या १२ लाख २६ हजार ७९३ जना पुगेको छ । त्यस्तै ६५ बर्ष माथिको खोप लगाउने जेष्ठ नागरिकको संख्या ८ लाख २७ हजार ९१७ पुगेको छ ।

डा गौतमल पहिलो दिन आइतबार २ लाख १८ हजार ९ सय ६२ जना र दोस्रो दिन सोमबार २ लाख ४१ हजार ५१० जना र मंगलबार २ लाख ९ हजार १२७ जना ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएको समेत जानकारी दिए ।

डा गौतमका अनुसार दोस्रो प्रथामिकतामा परेका ५५ वर्ष माथिका १७ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने सरकारको लक्ष्य छ।

सोही लक्ष्यका साथ आइतबारदेखि १० दिनसम्म ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउन थालिएको हो।

यस्तै चैत ४ गतेदेखि ५५ वर्ष माथिकलाई खोप दिने जनाइएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *