गृहमन्त्री थापाले लगाए कोभिड-१९ बिरुद्धको खोप

152
Shares

काठमाडौँ, २३ फागुन । गृहमन्त्री रामबहादुर थापाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् । आज विहान बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा पुगी पहिलो डोज खोप कोभिसिल्ड लगाएका हुन् ।

सरकारले आजबाट दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुको पहिलो चरण अन्तरगर्त ६५ बर्ष माथिका नागरिकलाई खोप शुरु गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आजै त्रिवि शिक्षण अस्पताल पुगेर खोप लगाउदैछन् ।

अन्य केही मन्त्री र यसअघि छुटेका सांसदहरुले समेत आज खोप लगाउने योजना रहेको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *