कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना संक्रमणमुक्त

0
Shares

कर्णाली, १८ फागुन । कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड–१९ को सङ्क्रमणमुक्त भएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रिमत छैनन् । आजसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना सङ्क्रमण शून्यमा झरेको हो ।

मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले सुर्खेतमा ११ सक्रिय सङ्क्रमित रहेको जनाएको छ । हालसम्म सुर्खेतमा तीन हजार २६५ जनामा सङ्क्रमण पुष्टि भएको छ । दैलेखमा एक हजार ६८५, सल्यानमा ६९३, जुम्लामा ४२३, कालीकोटमा ३३३, रुकुम पश्चिममा २५७, जाजरकोटमा १५९, हुम्लामा ६१, मुगुमा ४१ र डोल्पाका ४४ जनामा सङ्क्रमण देखिएको थियो ।

अन्य प्रदेशका ५९८ तथा भारतका पाँच जनामा पनि कर्णालीमै कोरोना पुष्टि भएको थियो । प्रदेशमा हालसम्म सात हजार ५५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये सात हजार ३८१ सङ्क्रमणमुक्त भएका हुन् । कर्णालीमा सङ्क्रमण पुष्टि भएका ३१ जनाको मृत्यु भएको छ । त्यस्तै, कर्णालीमा कोरोना भाइरसविरुद्धको २६ हजार ९९० जनाले खोप लगाइसकेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *