देशभर थपिए ७८ जना कोरोना संक्रमित, ७२ जना संक्रमणमुक्त

  • मृत्युको संख्या शून्य
  • - नेपाली हेल्थ


    काठमाडौँ, १८ फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप ७८जना कोरोना भाइरस (कोभिड-१९)संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ७२ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

    देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ११७ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप ७८ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार २ सय ९४ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ५ सय ४३ पुगेको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ९ सय ७४ रहेको छ । क्वारेनटिनमा ५८ जना रहेका छन् । कोरोना संक्रमणबाट आज मृत्युको संख्या शून्य रहेको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७७७ पुगेको छ ।


    Facebook Comment


    थप समाचार