दुई लाख रुपैयाँ घुस लिएको आरोपमा औषधि व्यवस्था विभागका कर्मचारी पक्राउ

688
Shares


बिराटनगर, १४ फागुन । सेवाग्राहीसंग दुई लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदीलाई पक्राउ गरेको छ ।

एक जना सेवाग्राहीसंग सिल भएको फार्मेसी पसल खोलिदिने गरी जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमले मागेको राय पठाइदिन्छु भन्दै उनले घुस मागेका थिए ।

सोही सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले सेवाग्राहीसंग घुस लिइसकेको अवस्थामा रकम सहित पक्राउ गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *