स्वास्थ्यले सच्यायो कोभिड-१९ बाट मृत्यु हुनेको संख्या, थपियो ६१८

188
Shares

काठमाडौँ १२ फागुन । सरकारले कोभिड – १९ बाट मृत्यु हुनेको संख्या सच्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसको आधारमा मत्यु हुनेको संख्या सच्याएको हो ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सीसीएमसीबाट पठाइएको थप ६१८ जनाको विवरण पनि कोभिड १९बाट मृत्यु हुनेको सूचीमा राखिएको बताए । यो संगै नेपालमा कुल मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ ।

त्यसअघि प्रवक्ता डा गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सीसीएमसीबीच समन्वय हुन नसक्दा संख्यामा केही फरक पर्न गएको बताए । ‘सीसीएमसीले गरेको रिपोटिङ र हामीकहाँ आएको रिपोर्टबीच तालमेल नभएपछि हामीले छानवीनका लागि समिति गठन गर्‍यौं र त्यसले दिएको सिफारिसको आधारमा संख्या थप गर्ने निर्णय गरेका हौँ,’ डा गौतमले भने ।

कोरोनाबाट मृत्यु भएकाहरुको शव यवस्थापन गर्ने कार्यको जिम्मेवारी सेनाले लिएको छ । उनले अहिलेसम्म २ हजार ६८४ जना कोरोना संक्रमणबाट मृत्यु हुनेको शव व्यवस्थापन गरिसकेको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *