पछिल्लो २४ घण्टामा देशभर थपिए ५५४ जना कोरोना संक्रमित, ५८५ जना संक्रमणमुक्त

124
Shares

काठमाडौँ, २४ पुस । पछिल्लो चौविस घण्टामा देशभर थप ५ सय ५४ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ५ सय ८५ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार २६९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ५ सय ५४ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १७१, ललितपुरमा २३ र भक्तपुरमा १३ जना गरी २०७ जनामा कोरोना संक्रमित भेटिएका छन् ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २१ रहेको छ । क्वारेनटिनमा ३३८ जना रहेका छन् ।

त्यसैगरी १८२ जना आइसीयूमा र ३७ जना भेन्टीलेटरमा उपचाररत छन् । होम आइसोलेसनमा १ हजार ५६१ जना छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मेत्यु हुनेको संख्या १ हजार ९०९ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *