भारतमा बनेको कोभिडविरुद्धको खोपको मूल्य कति पर्छ ?

1.1k
Shares

नयाँ दिल्ली, २० पुस । कोभिड विरुद्धको खोप बनाएको भारतको सिरम इस्टिच्युट अफ इन्डियाले आम सर्वसाधारण र सरकारलाई विक्री गर्ने खोपको मूल्य सार्वजनिक गरेको छ । अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले तयार पारेको खोप ‘कोभिशिल्ड’ अहिले भारतको पुणेस्थित सिरम इस्टिच्युटमा धमाधम उत्पादन भइरहेको छ ।

सिरम इस्टिच्युट अफ इन्डियाका सीईओ अदर पुनावालाले आइतबार कोभिशिल्डको मूल्य सार्वजनिक गरेका हुन् । उनले भनेका छन्, ‘सरकारलाई प्रति खोप ३.४२ डलर (अर्थात २५० भारतीय रुपैयाँ) पर्दछ । तर निजी क्षेत्रबाट वा व्यक्तिगत रुपमा कसैले खरीद गर्न खोजेमा प्रति खोप १३.६८ डलर (अर्थात १००० भारतीय रुपैयाँ) पर्छ ।’

उनले आफूहरुले उत्पादन गरेको खोपको मूल्य फाइजर बायोन्टेकको तुलनामा सस्तो भएको दावी गरे । यस्तै यसको वितरणको व्यवस्थापन समेत सहज भएको बताए । उनले हरेक महिना ५ देखि ६ करोड जोड उत्पादन भइरहेको बताए ।

भारतीय सञ्चारमाध्यमका अनुसार खोप खरीदका लागि सरकार र कम्पनीबीच सम्झौँता भइसकेको छैन तर सम्झौँता भएको १० दिन भित्र खोप उपलव्ध गराउन सक्ने क्षमतामा आफूहरु रहेको पुनावालाले बताएका छन् ।

सरकारले अहिले खोप बाहिरी देश निर्यातका लागि अनुमति नदिएको भन्दै आफ्ना छिमेकी तथा द्धिपक्षीय सम्वन्ध भएका देशहरुमा पठाउन बाध्यता रहेको भन्दै सरकारसंग अनुमति मागिएको समेत बताए ।

उनले सरकारले अनुमति दिएमा सिरमले विश्वका ५० वटा बढी देशमा खोप पठाउने योजना बनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *