पछिल्लो २४ घण्टामा देशभर थप ४२१ जनामा कोरोना संक्रमण, ६३७ जना संक्रमणमुक्त

132
Shares

काठमाडौँ, १९ पुस । पछिल्लो चौविस घण्टामा देशभर थप ४ सय २१ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ६ सय ३७ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकामा मात्रै थप १९७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार ८ सय जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ४ सय २१ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो । नेपालमा अहिलेसम्म १९ लाख ४८ हजार ५०२ पीसीआर नमुना परीक्षण भएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८७ रहेको छ । क्वारेनटिनमा ३६७ जना रहेका छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मेत्यु हुनेको संख्या १ हजार ८७८ पुगेको छ ।

त्यसैगरी १९९ जना आइसीयूमा र ३५ जना भेन्टीलेटरमा उपचाररत छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *