बीएमटीपीबी फाउन्डेशनद्धारा बालबालिकाको नि:शुल्क आँखा परीक्षण

136
Shares

पोखरा, १८ पुस । नयाँ बर्षको अवसर पारी बीएम टीपीबी फाउन्डेशन आइ केयर सेन्टरले शुक्रबार पोखरा महानगरपालिका १६ स्थित अन्नपूर्ण आत्मनिर्भर बाल आश्रममा निशुल्क आँखा जाँच कार्यक्रम सञ्चालन गरेको छ ।

उक्त कार्यक्रममा आश्रममा रहेका ४० बढी बालबालिकाहरुको आँखा जाँच गरिएको बीएम फाउन्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले जानकारी दिए । उक्त अवसरमा स्वास्थ्यकर्मीहरुले आँखाको महत्व, आँखालाई कसरी स्वस्थ राख्ने ? लगायतका विषयमा प्रशिक्षण समेत दिएका थिए ।

यस फाउन्डेशनले पछिल्लो दुई महिना देखि स्याङ्जाको चापाकोटस्थित सुन्तलीटारमा आइकेयर सेन्टर स्थापना गरी त्यस आसपासका बासिन्दाहरुलाई सर्वशुलभ रुपमा आँखा जाँच तथा उपचार सेवा उपलव्ध गराउँदै आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *