कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या १८५६ पुग्यो

काठमाडौँ, १६ पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८५६ पुगेको छ ।
थप ६ हजार जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप ५३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप ४४७ जना कोरोनामुक्त भएका छन् ।
त्यसैगरी देशभरका कोरोना अस्पतालका आइसीयूमा २३६ र भेन्टीलेटरमा ३६ जना उपचाररत छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



