पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु

148
Shares


कास्की, ९ पुस । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोद बिन्दु शर्माका अनुसार  तनहुँ जिल्ला म्यादे गाउँपालिका ५ निवासी ७३ वर्षीय पुरुषको बुधवार बेलुकि ५: २० बजे उपचारका क्रममा मृत्यु भएको हो । उनमा बुधवार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी स्याङ्जा फेदीखोला गाउँपालिका १ का ७४ बर्षिया महिलाको बुधवार साँझ ८: २० मा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररका क्रममा मृत्यु भएको हो । उनमा पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९० पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *