कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या १७९८ पुग्यो

काठमाडौँ, ७ पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ९८पुगेको छ ।
थप ७ हजार जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप ७२२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप ९६६ जना कोरोनामुक्त भएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



