अमेरिकामा कोरोनाविरुद्धको पहिलो खोेप आइसीयूमा कार्यरत नर्सलाई

1.1k
Shares
लङ आइसल्याण्ड जेवीस मेडिकल सेन्टरमा कार्यरत सान्ड्रा लिन्ड्से कोभिड – १९ विरुद्धको खोप लिंदै

एजेन्सी । अमेरिकामा कोरोना भाइरस (कोभिड – १९) विरुद्धको खोप लगाउने  (मास भ्याक्सिनेशन) कार्यक्रम सुरु भएको छ । सोमबार एक अस्पतालमा कार्यरत आइसीयू नर्सलाई पहिलो डोजको खोप लगाएर ‘मास भ्याक्सिनेशन’ कार्यक्रम शुभारम्भ गरिएको हो ।

त्यसअघि अमेरिकी खाद्य तथा औषधिको नियामक निकाय युएस फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (युएसएफडीए) ले फाइजर-बायोटेकद्धारा तयार पारिएको कोरोना भाइरसको खोप प्रयोग गर्न सकिने गरी सरकारलाई सुझाव दिएको थियो ।

स्वास्थ्य अधिकारीहरुले सोमबार विहान ९ : २० बजे क्वीन्समा रहेको लङ आइसल्याण्ड जेवीस मेडिकल सेन्टरमा कार्यरत सान्ड्रा लिन्ड्सेलाई खोप लगाई अभियानको शुभारम्भ गरेका थिए । पहिलो खोप लगाउँदा टेलिभिजनहरुबाट प्रत्यक्ष प्रशारण समेत गरिएको थियो ।

कोभिडबिरुद्धको खोप लगाएपछि लिन्ड्सेले आफूलाई अरु खोप भन्दा कुनै भिन्न अनुभव नभएको प्रतिक्रिया दिइन । उनले आफूजस्तै अन्य अग्रपंक्तिमा कार्यरत जनशक्तिलाई दिन आग्रह गरिन ।

अमेरिकामा कोरोनाबाट अहिलेसम्म ३ लाख बढीको ज्यान गएको छ । यस्तै कोभिड १९ अस्पतालमा भर्ना भई उपचार गर्नेको संख्या सोमबार १ लाख १० हजार ५४९ रहेको छ ।

अमेरिकामा अहिलेसम्म १ करोड ६९ लाख ४२ हजार ८२२ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *