बरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव नरसिंह जोशीको निधन
काठमाडौँ, २३ मंसिर । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव नरसिंह जोशीको निधन भएको छ । रक्त क्यान्सरको उपचार गराईरहेका डा जोशीको केहीबेर अघि नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो ।
उनी एक साता अघि देखि सो अस्पतालमा उपचाररत थिए । मेडिसिटीमै कार्डियो विभागका प्रमुख समेत रहेका डा जोशी केही दिन अघि मात्रै त्यहाँबाट राजिनामा दिएका थिए । तर त्यस लगत्तै उनलाई रक्तक्यान्सर भएको थाह भयो ।
आफूलाई रक्तक्यान्सर भएको थाह पाएपछि उनले मेडिसिटीमै उपचार गराएका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



