देशभर थप १०१४ जनामा कोरोना संक्रमण, १६२८ जना संक्रमणमुक्त

  • सक्रिय संक्रमितको संख्या १२ हजार ९४८
  • - नेपाली हेल्थ


    काठमाडौँ, २२ मंसिर । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ६ हजार २ सय २० जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार १४ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

    यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।

    त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप १ हाजर ६ सय २८ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ ।

    पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप २० जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ६ सय १४ पुगेको छ ।


    Facebook Comment


    थप समाचार