देशभर थप १०२४ जनामा कोरोना संक्रमण, २२०६ जना संक्रमणमुक्त

काठमाडौँ, २० मंसिर । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार २४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ६ हजार ७४ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार २४ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २५५ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप २ हाजर २ सय ६ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ ।

त्यस्तै काठमाडौँ उपत्यकामा थप ४६० जनामा कोरोना संक्रमण देखिएको छ । जसमा २०४ जना महिला र २५६ जना पुरुष छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ५ सय ७७ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *