पछिल्लो २४ घण्टामा देशभर १४९० जना कोरोना संक्रमित थपिए, १५६७ जना निको भए

  • सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ४७
  • - नेपाली हेल्थ

    काठमाडौँ, १७ मंसिर । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ८ हजार ३ सय जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ४ सय ९० जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

    यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ४७ रहेको छ ।

    त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप १ हाजर ५ सय ६७ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ ।

    पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ५ सय ३८ पुगेको छ ।


    Facebook Comment


    थप समाचार