काठमाडौँ उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण


काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६१५, ललितपुरमा १२५ र भक्तपुरमा ६९ जना गरी ८०९ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज देशभर १ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधीमा १ हजार ९ सय ३१ जना डिस्चार्ज भएका छन्। थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *