थप २३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १४१२ पुग्यो

- नेपाली हेल्थ

काठमाडौँ, ११ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय १२ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ६ सय १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप १ हाजर ४ सय ३७ जना कोरोनामुक्त भएका छन् ।


Facebook Comment


थप समाचार