पछिल्लो २४ घण्टामा देशभर १६१४ जना कोरोना संक्रमित थपिए, १४३७ जना संक्रमणमुक्त

काठमाडौँ, ११ मंसिर । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ६ सय १४ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ६ सय १४ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप १ हाजर ४ सय ३७ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप २३ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ४ सय १२ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *