राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शाक्यको कोरोना संक्रमणबाट निधन

काठमाडौँ, ११ मंसिर । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर रवीन्द्रकुमार शाक्यको कोरोना संक्रमणबाट निधन भएको छ।

७६ बर्षीय शाक्यको आज विहान ४ बजे नेपाल मेडिसिटी अस्पतालमा निधन भएको अस्पतालकी जनसम्पर्क अधिकृत मनिता पोखरेलले जनाकारी दिइन्।

गत २० कात्तिकमा कोरोना संक्रमण देखिएका शाक्यलाई परिवारले २५ कात्तिकमा ग्लोबल अस्पतालमा भर्ना गराएका थिए ।

स्वास्थ्य अवस्थामा सुधार नआएपछि ९ मंसिरमा मेडिसिटी अस्पताल सारिएको थियो । त्यहाँ लगेर उनलाई भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।

शाक्य खिलराज रेग्मी अध्यक्ष रहेको सरकारको पालामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए। अर्थ मन्त्रालयको शाखा अधिकृतबाट सरकारी जागिर शुरु गरेका शाक्यले अमेरिकाबाट अर्थशास्त्रमा स्नातोकत्तर र भारतको मुम्बई विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका थिए।

राष्ट्रिय योजना आयोगको कर्मचारीका रुपमा काम गरेका उनी सेवानिवृत्त भएपछि खिलराज रेग्मीको मन्त्रिपरिषद्ले उनलाई आयोगको उपाध्यक्ष बनाएको थियो।

ललितपुर कुपण्डोल निवासी ७६ वर्षे शाक्यको श्रीमती र तीन छोरा तथा एक छोरी छन्। शाक्यको निधनप्रति पूर्व अध्यक्ष रेग्मीले दुख व्यक्त गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *