काठमाडौँ उपत्यकामा थप १००७ जनामा कोरोना संक्रमण

काठमाडौँ, ८ मंसिर । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७७९ जना, भक्तपुरमा ८५ जना र ललितपुरमा १४३ जना गरी कुल १ हजार ७ जनामा कोरोना संक्रमण देखिएके हो ।
आज देशभर १० हजार ३ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ८० जनाको कोभिड १९ रिपोर्ट पोजेटिभ आएको छ ।
यसैगरी मन्त्रालयले पछिल्लो चौविस घण्टामा ३ हजार ४३ जना कोरोनाबाट निको भएको र १६ जनाको ज्यान गएको उल्लेख गरेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



