पछिल्लो २४ घण्टामा देशभर १९८० जना कोरोना संक्रमित थपिए, ३०४३ जना निको भए

  • सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४
  • - नेपाली हेल्थ

    काठमाडौँ, ८ मंसिर । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ९ सय ८० जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ३ सय ८१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ९ सय ८० जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

    यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ ।

    त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हाजर ४३ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।

    पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ३ सय ३७ पुगेको छ ।  त्यसैगरी आइसीयूमा ३ सय ६५ र भेन्टीलेटरमा ६३ जना उपचाररत छन् ।


    Facebook Comment


    थप समाचार