काठमाडौँ उपत्यकामा थप ८९९ जनामा कोरोना संक्रमण

208
Shares


काठमाडौँ, ६ मंसिर । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ८ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय केही वेर अघि सार्वजनिक गरेको कोरोना अपडेटमा ३८७ जना महिला र ५१२ जना पुरुष गरी कुल ८ सय ९९ जनामा कोरोना संक्रमण देखिएको उल्लेख छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा तीन जिल्लामध्ये काठमाडौँमा ६८५ जना, ललितपुरमा १६५ जना र भक्तपुरमा ४९ जनामा संक्रमण देखिएको छ ।

आज देशभर ८ हजार १४४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ७४ जनामा कोरोना पोजेटिभ भएको पाइएको थियो ।

यहि अवधीमा २ हजार ३ सय २३ जना कोरोनाबाट निको भएको र थप ७ जना कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *