राष्ट्रपति भण्डारीद्धारा औषधि (तेस्रो संशोधन) अध्यादेश जारी
काठमाडौँ, ३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले आज औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।
सो अध्यादेश आएपछि मुलुकका कोभिड–१९ विरुद्धको खोप ल्याउन सहज हुने जनाइएको छ ।
संसद अधिवेशन नभएका बेला नयाँ कानुन ल्याउनुपरेमा अध्यादेशमार्फत ल्याउने प्रचलन छ । कोरोना विरुद्धको खोप नेपालमा आयातका लागि यो कानुनी व्यवस्था गरिएको हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



