काठमाडौँ उपत्यकामा थप ३३९ जनामा कोरोना संक्रमण


काठमाडौँ, २ मंसिर । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ३ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार अपरान्ह सार्वजनिक गरेको पछिल्लो चौविस घण्टाको रिपोर्टमा उपत्यकाका तीन जिल्लामा थप ३ सय ३९ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा २८९ जना, भक्तपुरमा १२ जना र ललितपुरमा ३८ जना गरी कुल ५ सय १ जनामा संक्रमण देखिएको हो ।

त्यसैगरी चौविस घण्टामा देशभर थप ५ सय २ जनामा कोरोना भाइरससंक्रमण देखिएको छ । भने थप २ हाजर ८ सय ७८ जना कोरोनामुक्त भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *