काठमाडौँ उपत्यकामा थप ३३९ जनामा कोरोना संक्रमण

312
Shares


काठमाडौँ, २ मंसिर । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ३ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार अपरान्ह सार्वजनिक गरेको पछिल्लो चौविस घण्टाको रिपोर्टमा उपत्यकाका तीन जिल्लामा थप ३ सय ३९ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा २८९ जना, भक्तपुरमा १२ जना र ललितपुरमा ३८ जना गरी कुल ५ सय १ जनामा संक्रमण देखिएको हो ।

त्यसैगरी चौविस घण्टामा देशभर थप ५ सय २ जनामा कोरोना भाइरससंक्रमण देखिएको छ । भने थप २ हाजर ८ सय ७८ जना कोरोनामुक्त भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *