पछिल्लो २४ घण्टामा ५०२ जना कोरोना संक्रमित थपिए, २८७८ जना निको भए


काठमाडौँ, २ मंसिर । पछिल्लो चौविस घण्टामा देशभर थप ५ सय २ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार १ सय १२ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ५ सय २ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९ सय ८६ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप २ हाजर ८ सय ७८ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको छ ।

त्यसैगरी क्वारेनटिनमा १ हजार ३ जना रहेका छन् । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप १७ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार २ सय ४७ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *