बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा सुनिलचन्द्र झाको कोरोना संक्रमणबाट निधन

काठमाडौँ, १ मंसिर । चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका बरिष्ठ प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा सुनिलचन्द्र झाको कोरोना संक्रमणबाट निधन भएको छ ।

दुई साता देखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनको आज विहान १० बजे निधन भएको हो ।

कार्तिकको दोस्रो सातादेखि कोरोना संक्रमणमा परेका उनमा कडा लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । झाको स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनमा प्लाज्मा थेरापी र रेम्डिसिभिर पनि चलाइएको थियो ।

पछिल्लो समय उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । बचाउनका लागि अनेक प्रयास गरियो तर सफल भएन स्वास्थ्य मन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा खेम कार्कीले भने । उनले पछिल्लो समय डा झाको मल्टी अग्र्यान फेलिअर भएर ज्यान गएको बताए ।

डा झा मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत थिए ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राडा झा निधनले देशका लागि अपुरणीय क्षति पुगेको भन्दै दुख व्यक्त गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *