काठमाडौँ उपत्यकामा तिहारको दिन थपिए ५०१ जना कोरोना संक्रमित

काठमाडौँ, १ मंसिर । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ५ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शोमवार (तिहारको दिन)अपरान्ह सार्वजनिक गरेको पछिल्लो चौविस घण्टाको रिपोर्टमा उपत्यकाका तीन जिल्लामा थप ५ सय १ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ३७३ जना, भक्तपुरमा ४४ जना र ललितपुरमा ८४ जना गरी कुल ५ सय १ जनामा संक्रमण देखिएको हो ।
त्यसैगरी चौविस घण्टामा देशभर थप १ हजार १ सय ९७ जनामा कोरोना भाइरससंक्रमण देखिएको छ । भने थप २ हाजर ९ सय ३४ जना कोरोनामुक्त भएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



