पछिल्लो २४ घण्टामा ११९७ जना कोरोना संक्रमित थपिए, २९३४ जना निको भए

  • देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ३ सय ७९
  • - नेपाली हेल्थ

    काठमाडौँ, १ मंसिर । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार १ सय ९७ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ८ सय ३२ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार १ सय ९७ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

    यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ३ सय ७९ रहेको छ ।

    त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप २ हाजर ९ सय ३४ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख ७६ हजार ३ सय ६४ पुगेको छ ।

    त्यसैगरी क्वारेनटिनमा १ हजार १३ जना रहेका छन् । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार २ सय ३० पुगेको छ ।


    Facebook Comment


    थप समाचार