काठमाडौँ उपत्यकामा थप ९७३ जनामा कोरोना संक्रमण

काठमाडौँ, २७ कात्तिक । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ९७३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ७६४ जना, भक्तपुरमा ८३ र ललितपुरमा १२६ जना गरी कुल ९७३ जनामा संक्रमण देखिएको हो ।

यो संख्या आज देशभर देखिएको कुल संक्रमित संख्याको ५१ प्रतिशत हो । पछिल्लो चौविस घण्टामा देशभरका प्रयोगशालामा १० हजार २२ जनाको परीक्षण गर्दा १ हजार ९१३ जनामा कोभिड १९ पोजेटिभ भएको पाइएको थियो ।

आज देशभरबाट २ हजार ३४९ जनाले कोरोना जितेका छन् । यहि अवधीमा १५ जनाको भने कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *