काठमाडौँ उपत्यकामा थप ९७३ जनामा कोरोना संक्रमण

116
Shares

काठमाडौँ, २७ कात्तिक । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ९७३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ७६४ जना, भक्तपुरमा ८३ र ललितपुरमा १२६ जना गरी कुल ९७३ जनामा संक्रमण देखिएको हो ।

यो संख्या आज देशभर देखिएको कुल संक्रमित संख्याको ५१ प्रतिशत हो । पछिल्लो चौविस घण्टामा देशभरका प्रयोगशालामा १० हजार २२ जनाको परीक्षण गर्दा १ हजार ९१३ जनामा कोभिड १९ पोजेटिभ भएको पाइएको थियो ।

आज देशभरबाट २ हजार ३४९ जनाले कोरोना जितेका छन् । यहि अवधीमा १५ जनाको भने कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *