पछिल्लो २४ घण्टामा २५६९ जना संक्रमित थपिए, संक्रमितको संख्या २ लाख नाघ्यो

काठमाडौँ, २६ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ५ सय ६९ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ८१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार ५ सय ६९ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ सय पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप १ हाजर ६ सय ६६ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ पुगेको छ ।

त्यसैगरी क्वारेनटिनमा १ हजार १ सय ९ जना होमआइसोलेसनमा २८ हजार ३ सय ९३ जना रहेका छन् । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप २६ जनाको निधन भएको छ । आइसीयूमा २ सय ८२ जना र भेन्टीलेटरमा ९५ जना संक्रमित उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *