पछिल्लो २४ घण्टामा २५६९ जना संक्रमित थपिए, संक्रमितको संख्या २ लाख नाघ्यो

212
Shares

काठमाडौँ, २६ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ५ सय ६९ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ८१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार ५ सय ६९ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ सय पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप १ हाजर ६ सय ६६ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ पुगेको छ ।

त्यसैगरी क्वारेनटिनमा १ हजार १ सय ९ जना होमआइसोलेसनमा २८ हजार ३ सय ९३ जना रहेका छन् । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप २६ जनाको निधन भएको छ । आइसीयूमा २ सय ८२ जना र भेन्टीलेटरमा ९५ जना संक्रमित उपचाररत छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *