भेरी अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

144
Shares


बाँके, २५ कात्तिक । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमित पुरूषको आज मृत्यु भएको छ ।

बर्दियाको राजापुर नगरपालिका–८ का ३२ वर्षीय पुरूषको उपचारको क्रममा मंगलबार बिहान ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी १३ कात्तिकमा अस्पतालको प्री–आइसोलेसनमा भर्ना भएका थिए । कोरोना आशंकामा गरिएको परीक्षणमा १४ कात्तिकमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *