कोरोना संक्रमणबाट रुपन्देहीमा सीअनमीको मृत्यु

बुटवल, २५ कात्तिक । कोरोना संक्रमणबाट रुपन्देहीमा एक जना स्वास्थ्यकर्मीको निधन भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका मधुवनी स्वास्थ्य चौकीमा कार्यरत सीअनमी गोमा गुरुङको सोमबार राती ९ : ५० बजे भैरहवास्थित भीम अस्पतालमा निधन भएको हो ।

उपचारकै क्रममा भैरहवास्थित भीम अस्पतालमा निधन सोमबार राती निधन भएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले पुष्टि गरे ।

‘केही दिन देखि उपचारमा हुनुहुन्थ्यो । सोमबार राती निधन भएछ,’ डा गिरीले भने ।

अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले गत १७ कात्तिकमा अस्पताल ल्याइएको, १८ कात्तिकमा कोरोना पुष्टि भएको तर सुधार नभएपछि २४ कात्तिकमा उनको धिन भएको जानकारी दिए । ‘अस्पताल आउँदा खेरी नै अवस्था गम्भीर थियो । २२ गते देखि त हामीले रेम्डेसिभिर र प्लाज्मा थेरापी पनि चलायौँ तर सुधार हुन सकेन,’ उनले भने ।

स्वास्थ्य प्रमुख डा गिरीले कोरोना संक्रमणबाट जिल्लामा पहिलो पटक स्वास्थ्यकर्मीको ज्यान गएको बताए । उनी स्वास्थ्य सेवामा २० बर्ष अघि देखि कार्यरत रहेको बुझिएको छ ।

सरकारले कोरोना संक्रमणमा परी ज्यान गुमाउने स्वास्थ्यकर्मीको परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *