सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला अस्पतालमा सघन उपचार कक्ष स्थापना गरिँदै

144
Shares


डोटी, २४ कात्तिक । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका नौ वटै जिल्ला अस्पतालमा सघन उपचार कक्ष स्थापना गर्ने भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार सरकारले कैलालीको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल, डडेल्धुराको उपक्षेत्रीय जिल्ला, बैतडी, दार्चुला, अछाम, बझाङ, बाजुरा तथा डोटीको जिल्ला अस्पतालमा दुई/दुई श्याका गरी २० श्याका स्थापनाको तयारी भएको छ ।

डोटी जिल्लामा सघन उपचार कक्षका सबै सामग्री पुगिसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए । उनले भने“सघन उपचार कक्ष स्थापनाका लागि सबै उपकरण आइसकेको छ, केही भित्रमै सबै जडान कार्य सम्पन्न हुने छ ।” यहाँका पहाडी जिल्लामा सघन उपचार कक्ष नहुँदा यहाँ उपचार गर्न सकिने बिरामीलाई विगतदेखि तराईका जिल्लामा रिेफर गर्नुपर्ने बाध्यता रहेको गुनासो बढ्दै गएपछि सुदूरपश्चिम प्रदेश सरकारको पहलमा सबै जिल्लाका जिल्ला अस्पतालमा सघन उपचार कक्ष स्थापना गर्न लागिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

यहाँका डोटीसहित अन्य केही जिल्लामा सघन उपचार कक्ष जडानको कार्य शुरु भइसकेको छ भने केही जिल्ला अस्पतालमा प्राविधिक तयारीपछि जडानको काम हुने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका अस्पतालमा पहिलो पटक सघन उपचार कक्ष जडान हुन थालेपछि यहाँका स्थानीयवासी निकै खुशी भएका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *