थप २१ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११०८ पुग्यो


काठमाडौँ, २३ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८ पुगेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ८ सय १७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । थप २ हजार ८ सय १२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेको छ । त्यसैगरी आइसीयूमा ३९८ र ८२ जना भेन्टीलेटरमा उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *