पछिल्लो २४ घण्टामा २८१७ जना संक्रमित थपिए, २८१२ जना निको भए
काठमाडौँ, २३ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ८ सय १७ जनामा कोरोना भाइरस(कोभिड -१९)संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार ३ सय ११ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार ८ सय १७ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ सय पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेको छ ।
त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ८ सय १२ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ पुगेको छ ।
त्यस्तै क्वारेनटिनमा १ हजार १ सय ४९ जना रहेका छन् । होमआइसोलेसनमा २९ हजार १ सय ९७ जना रहेका छन् ।
सम्पर्क इमेल : [email protected]