पछिल्लो २४ घण्टामा २७५३ जना संक्रमित थपिए, २२०६ जना निको भए


काठमाडौँ, २२ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ७ सय ५३ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार ७ सय ५३ जनाको पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ सय पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३५ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार २ सय ६ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख ५५ हजार १ सय १४ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *