पछिल्लो २४ घण्टामा २९०९ जना संक्रमित थपिए, ४५०० जना निको भए

  • देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ५
  • - नेपाली हेल्थ

    काठमाडौँ, २१ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ९ ससय ९ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १० हजार १ सय ५३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार ९ सय ९ जनाको पोजेटिभ आएको हो ।

    यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८ हजार ८ सय ८३ सय पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ५ रहेको छ ।

    त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप ४ हजार ५ सय जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ ।

     


    Facebook Comment


    थप समाचार