पछिल्लो चौबिस घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, १९ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै हो ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ ।

त्यसैगरी देशभर थप ३ हजार ३ सय ९ जनामा कोरोना भाइरस ९कोभिड (१९० संक्रमण देखिएको छ । थप ३ हजार ८ सय ४४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९सय ११ रहेको छ । आइसीयूमा ३ सय ७९ र भेन्टीलेटरमा ७८ जना उपचररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *