पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना संक्रमण, ३१४२ जना संक्रमणमुक्त

काठमाडौँ, १८ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप ३ हजार १ सय १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ११ हजार १ सय ६६ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३ हजार १ सय १४ जनाको पोजेटिभ आएको हो ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ सय पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४ सय ७६ रहेको छ ।
त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार १ सय ४२ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख ४१ हजार १ सय ३४ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



