कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु

212
Shares

काठमाडौँ, १७ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एकैदिन मृत्यु हुनेको आजको संख्या अहिलेसम्मकै धेरै हो । हिजो २३ जना संक्रमितको मृत्यु भएको थियो ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ९ सय ३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप ३ हजार १ सय ५० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय २४ रहेको छ । त्यसैगरी आइसीयूमा ३४७ र ७४ जना भेन्टीलेटरमा उपचाररत छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *